काठमाडौं- साइबर सुरक्षा नीति स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । यो नीति पारित भएसँगै अब साइवर सुरक्षा विधेयक अघि बढाउनका लागि बाटो खुलेको छ।
मुलुकमा भरपर्दो, सुरक्षित एवम् उत्थानशील साइवर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।यस नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता विकास गर्दै विधि र जनशक्तिको संयोजनबाट सूचना तथा प्रविधिको प्रणालीलाई सुरक्षित बनाउन यो नीति महत्वपूर्ण हुने मन्त्रालयले बताएको छ ।
यस नीतिको उद्देश्य साइबर सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणका लागि द्धिपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वय अनुभव र सहयोग आदान प्रदान गर्ने रहेको छ । यो नीति स्वीकृति भएसँगै अब आवश्यक कानुन तथा मापदण्ड बनाउने र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा संस्थागत संरचना बनाउने बाटो समेत खुलेको छ ।
: अघिल्लो समचार प्रकाशनमा सन नेपाल लाइफ इन्स्योरेन्सको फोटो हुनुपर्नेमा नेपाल लाईफ इन्स्योरेन्सको लोगो हुन गएकोमा क्षमा सहित सच्चाईएको जानकारि गराउन चाहान्छौ ।
प्रतिक्रिया