१ वर्षमा बीमा कम्पनीहरुले बैदेशिक बीमा लेखबाट ३ अर्ब बीमाशुल्क आर्जन

८ महिना अगाडि

काठमाडौं- गत आर्थिक वर्षको असारसम्ममा जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेखबाट ३ अर्ब बढीको बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख बिक्री गरेर ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले १६ लाख २९ हजार ५७५ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपालले ७ लाख ४६ हजार २९५ वटा बीमालेख जारी गरी १ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

सन नेपाल लाइफपछि नेपाल लाइफले सबै भन्दा धेरै २ लाख १७ हजार ८९२ वटा बैदेशिक रोजगार बीमालेख बिक्री गरी ४७ करोड ५० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

यस्तै आइएमई लाइफले ४३ करोड ६६ लाख रूपैयाँ, सूर्यज्योति लाइफले ३९ करोड १० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २५ करोड ५३ लाख रुपैयाँ, सिटिजन लाइफ १९ करोड ९० लाख रूपैयाँ, रिलायबल नेपाल लाइफले १९ करोड १५ लाख रूपैयाँ, नेशनल लाइफले १४ करोड ७२ लाख रूपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

यसैगरी प्रभु लाइफ इस्योरेन्सले २ करोड ३४ लाख रूपैयाँ, एशियन लाइफले १ करोड ९२ लाख रूपैयाँ बैदेशिक रोजगार बीमालेख बिक्री गरी बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको असार महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ५४ हजार ७५१ वटा बीमालेख बिक्री गरी २४ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांक छ ।

८ महिना अगाडि

प्रतिक्रिया