सामसङ नेपालको रिटेलर मिट

शनिबार, ०२ भदौ २०८०, ११ : ४९

काठमाडौँ - काठमाडौँमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को अनावरणपछि सामसङ नेपालले काठमाडौँमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । 

 कार्यक्रममा नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु, जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि लगायतको विशेषताका विषयमा चर्चा भएका थिए । 

ग्यालेक्सी जेड फ्लिप ५ एकै प्रकार(८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ भने यसको मुल्य रु।१३९,९९९ तोकिएको छ । 

यस्तै ग्यालेक्सी जेड फोल्ड ५  (२ प्लस२५६ जिबि) को मूल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जिबि) को मूल्य रु.२३९,९९९ कायम गरिएको छ ।

यी मोडलहरुको प्रिअर्डरसाउन २२ गतेदेखि नै शुरु भैसकेको छ ।

शनिबार, ०२ भदौ २०८०, ११ : ४९

प्रतिक्रिया