एनसेलको नयाँ सुविधा सार्वजानिक

सोमबार, ०४ भदौ २०८०, १६ : १४

काठमाडौँ-  हेलो सरकारको टोल फ्रि नम्बरमा अब एनसेलबाट नम्बरबाट निःशुल्क फोन गर्न सकिने भएको छ ।

 हेलो सरकारद्वारा जारी सूचना अनुसार अब सर्वसाधरणले हेलो सरकारलाई एनसेलको नम्बरबाट पनि निःशुल्क फोन गरेर गुनासो टिपाउन सक्ने जानकारी दिएको हो । 

यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या  पूर्ण रूपमा समाधान भएको हो । यो व्यवस्थासँगै अब अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । 

यसका साथै सर्वसाधारणले हेलो सरकारमा ट्वीटर, ह्वाट्सएप, भाइबर, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सक्नेछन् । नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गरिरहेको छ ।

सोमबार, ०४ भदौ २०८०, १६ : १४

प्रतिक्रिया