प्रकाश सापकोटाको नेतृत्वमा एनटिभिएमा उम्मेदवारी दर्ता

सोमबार, १८ भदौ २०८०, १० : ३६

नेपाल पर्यटन यातायात व्याबसायी सघको आगामी निर्वाचनका लागि प्रकाश सापकोटा को नेतृत्वमा विधिवत् उम्मेदवारी दर्ता भएको छ ।  पर्यटन यातायात व्याबसायमा सानै उमेरदेखि सुरुची पुर्वक लागेका अध्यक्ष पदका प्रत्यासी सापकोटा हाल माउन्टेन बुद्द टुर्स एन्ड ट्रान्स्पोर्ट प्रा लि का प्रबन्ध निर्देशक छन । 

आगामी भदौ १९ गते हुने निर्वाचनको लागि सापकोटाको नेतृत्वको प्यानलवाट वरिस्ठ उपाध्यक्ष भरत प्रसाद तिमल्सिना, उपाध्यक्ष अन्जन महर्जन, महासचिव अनिल मोक्तान, सचिव प्रमोद प्रसाद अर्याल, कोसाध्यक्ष रामकुमार बस्नेत र सदस्यहरुमा क्रमशः वाजिराम घिमिरे, इन्द्र बहादुर पाठक , सुदिन महतको उमेदवारी दर्ता गरिएको छ । निर्वाचन भएपछि सघको साधारण सभा भाद्र २२ मा हुने बताइएको छ ।

भाद्र १९ गते हुन लागेको संघको निर्वाचनमा बेदराज बास्तोलाको प्यानल भित्र बरिष्ठ उपाध्यक्षमा काभ्रे जिल्लाका सफल ब्यबसायी तथा समाजसेवी रमेश गौतम उठ्ने भएका छन । रमेश गौतम संगै दित्तीय उपाध्यक्षमा बिनोद तामाङ, महासचिबमा केदारनाथ कट्टेल, सचिबमा तेज लामा, कोषाध्यक्षमा रामकुमार बस्नेत, सदस्यहरुमा टेक पुन मगर, नकुल तिमल्सिना, राम आचार्य र नबराज अर्याल सहितको टिम निर्वाचनमा होमिएको हो ।

उक्त संघ संग जोडिएका पुर्व टिमहरुलेनै बेदराजको प्यानललाई साथ् दिने निश्चित देखिएको छ। पुर्व अध्यक्ष रामसरण कार्की, पुर्व अध्यक्ष साङ्गे लामा, पुर्व प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठ, पुर्व प्रथम उपाध्यक्ष राजकुमार लामा, पुर्व प्रथम उपाध्यक्ष भिम गोले लगाएतका अधिकंश यातायात ब्यबसायीहरुले प्यानललाइनै समर्थन गर्ने घोषणा गरेको छ।
 

सोमबार, १८ भदौ २०८०, १० : ३६

प्रतिक्रिया