लिट्मस केबल्सद्वारा ईकोवायर सार्वजनिक

शुक्रबार, २२ भदौ २०८०, १६ : ४५

काठमाडौँ - लिट्मस केमल्सले एक भव्य समारोह बीच अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको ईकोवायर-ZH (Ecowire- ZH) सार्वजनिक तथा बिक्री वितरणको घोषणा गरेको छ । ह्योलोजनमुक्त Ecowire-ZH नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रुपमा रहनुका साथसाथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुभुति दिनेमा कम्पनी विश्वस्त छ । आवासिय भवनहरु होस् या व्यावसायिक स्थलहरु जस्तै विद्यालय अस्पताल, मन सिनेमा हल, मनोरञ्जनात्मक स्थल कार्यालय जहाँ पनि अत्याधिक रुपमा बिजुलीका तारहरु प्रयोग गरेको हुन्छ। नवीनतम प्रविधियुक्त Ecowire-ZH ले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने छ ।

ईकोवायर -ZH सार्वजनिक गरेको उक्त कार्यक्रम उद्योगका प्रमुख व्यक्तित्वहरू,मेकानिकल र इलेक्ट्रिकल तथा प्लबिगंमा आवद्ध टेक्निसियनहरु, परामर्शदाताहरू,ग्राहकवर्गहरु तथा मिडियाका प्रतिनिधिहरू उपस्थित थिए।  कार्यक्रममा   नविनतम प्रविधिमा आफ्नो विश्वास र उत्साह प्रकट गर्दै इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले भन्नुभयो लिट्मस ''ईकोवायर - ZH'' नेपालमै पहिली ह्यालोजन मुक्त एकमात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने उहाँले प्रतिवद्धता जनाउनु भएको छ।

लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस इकोवायरश्ज् को विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकले यो उत्पादनलाई विश्वास गर्न सक्ने कुरामा जोड दिनुभयो । यसको कम धुवाँ र  उत्सर्जन मुक्त विशेषताहरूले यो सबै प्रयोगहरूको लागि उपयुक्त विकल्प बनेको छ । यस बाहेक यसको खीया नलाग्ने र आगो प्रतिरोधले समग्र सुरक्षा रुपरेखा बढाउँछ। विशेष रूपमा उत्पादनको पर्यावरणमैत्री डिजाईनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्दछ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताहरूको रोजाई बन्न सक्छ ।

ईकोवायर-ZH नेपालमा पहिलो पटक उत्पादित आगो प्रतिरोधी, खीया नलाग्ने र पर्यावरण मैत्री शून्य ह्यालोजन भएको तार हो। आगलागी हुदाँ ईकोवायर-ZH ले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निवासी र उद्धार टोलीहरूद्वारा उद्धार गर्नमा मद्दत गर्नेछ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जनमैत्री,पर्यावरणमैत्री र ओजोन मैत्री पनि छ।ह्यालोजन फ्री फायर रेडिएसन (HFFR) को अद्वितीय संरचनानले आगोको समयमा संरचनात्मक विशिष्टता सुनिश्चित गर्दै विषाक्त धुवाँ र खतरनाक यह कम गर्दछ। परम्परागत तारहरूभन्दा ईकोवायर-ZH ९० र १८० मी प्याकहरूमा उपलब्ध हुनेछ। आगो लाग्दा यसमा कम धुवाँ तथा उत्सर्जनका कारण यो सबै खाले प्रयोजनका लागि उचित छ । शून्य ह्यालोजन भएको नेपालको पहिलो तारको रूपमा ईकोवायर- ZH ले सुरक्षित वातावरणमा योगदान पुर्याउछ र विद्युतीय समाधानहरूमा सुरक्षा र जिम्मेवारीप्रति लिट्मस केबल्सको प्रतिबद्धता पुन पुष्टि गर्दछ ।  

 

शुक्रबार, २२ भदौ २०८०, १६ : ४५

प्रतिक्रिया