नागरिक लगानी कोष र ई सेवा बिच सेवा बिस्तार सम्बन्धी सम्झौता

बुधबार, २७ भदौ २०८०, ०७ : ५२

ई सेवा प्रा.लि  र नागरिक लगानी कोष बिच सेवा बिस्तार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी कोषका सेवाग्राहीहरूले ई सेवा एप प्रयोग गरेर नागरिक पेन्सन योजना को मासिक भुक्तानी तथा सबै कर्जाको भुक्तानी सजिलै गर्न सक्नेछन् ।

सो सम्झौतामा ई सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का तथा नागरिक लगानी कोषका तर्फबाट निर्देशक सी ए शोभा श्रेष्ठले हस्ताक्षर गरेका थिए । हाल ८० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ई सेवा र नागरिक लगानी कोषको यो सहकार्यले नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई टेवा दिँदै विद्युतीय भुक्तानीलाई अभिप्रेरित गर्ने विश्वास लिइएको छ ।

हाल ई सेवाको सेवा एन्ड्रोइड तथा आइओएस  मोबाइल मार्फत ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । यसै गरी देशभर रहेका २ लाख १५ हजार भन्दा बढी एजेन्ट ९ई सेवा जोन तथा पोइन्ट०  मार्फत अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसङ्ख्याले सेवा लिइरहेका छन् । 

ई सेवाबाट ईन्सोरेन्स प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, लोक सेवा आयोगको आवेदन दस्तुर , आन्तरिक राजश्व कार्यालयको राजश्व, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

बुधबार, २७ भदौ २०८०, ०७ : ५२

प्रतिक्रिया