साल्ट ट्रेडिङले कृषि क्षेत्रमा योगदान पुर्‍याउन आवश्यक: उद्योग मन्त्री रिजाल

७ महिना अगाडि

मुलुकमा सहज रूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रे डिङ कर्पोरेसन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१औँ वर्ष प्रवेश गरेको छ ।साल्ट ट्रे डिङको  वार्षिकोत्सव कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले  दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रे डिङ कर्पोरेसनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताए का छन्।

आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पुर्‍याउन साल्ट ट्रे डिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको  भनाइ छ ।

 “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पुर्‍याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ। कर्पोरेसनले भविष्यमा आफ्नो सेवालाई थप विस्तार गर्न आवश्यक छ”, उनले भने। भूकम्प, कोभिड–१९ जस्ता दैवी प्रकोप तथा महामारीको अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन यस संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको मन्त्री रिजालले स्मरण गरे।

आगामी दिनमा सेवा क्षेत्र विस्तार गरी कारोबार पनि बढाउने लक्ष्य लिएको साल्ट ट्रे डिङले जनाएको छ । कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रे डिङको वित्तीय अवस्था थप सुदृढ पार्न सेवाको विविधीकरण आवश्यक रहेको बताइन्। 

कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाउनुका अतिरिक्त रासायनिक मलको आयात तथा बिक्री, विभिन्न स्टल स्थापना गरी सहुलियत मूल्यमा नुन, चिनीलगायतका खाद्यवस्तु बिक्री वितरण गर्ने, ग्यास उद्योग सञ्चालन गर्ने, केमिकल तथा खादको उत्पादन, पैठारी र बिक्री वितरण गर्ने गराउनेजस्ता विविध कार्य गर्दै आइरहेको छ ।

७ महिना अगाडि

प्रतिक्रिया