तीज तथा संविधान दिवसको अवसरमा नेपाल टेलिकम अफर

आइतबार, ३१ भदौ २०८०, ०७ : ३६

यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । 

यस अन्तर्गत कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको  प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने छ । यो अफर भोलि ९२०८० भाद्र ३१० देखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत रु ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस  अन लिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस  कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसै गरी रु ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीवी डाटा प्याक उपलब्ध हुनेछ भने रु १९९ मा ७ दिन सम्म प्रयोग गर्न सकिने १३ जीवी डाटा प्याक, रु २९४ मा १० दिन सम्म प्रयोग गर्न सकिने २० जीवी डाटा प्याक र रु ३९९ मा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीवी डाटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड  मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीवी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल  चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । त्यसै गरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्ज को रूपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार रु २०० देखि रु ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीविका दरले चलाउन सकिने गरी २ जीवी डाटा उपलब्ध हुनेछ । 

आइतबार, ३१ भदौ २०८०, ०७ : ३६

प्रतिक्रिया