शाओमीको नयाँ अफर सार्वजानिक

आइतबार, ३१ भदौ २०८०, १० : ३९

काठमाडौँ-  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ। 

‘चाडपर्वको मुड, अफर टु गुड’अन्तर्गत लोकप्रिय स्मार्टफोन मोडेलहरुको विस्तृत रेन्जमा रु।२ हजारसम्मको रोमाञ्चक छुटको साथ यस उत्सवलाई अझ विशेष बनाउन शाओमी नेपाल तयार रहेको छ।


अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरुमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ। यो लिमिटेड–टाईम अफरले उपभोक्ताहरुलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले शाओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरुमा उपलब्ध गराएको छ।’ 

‘हाम्रो यो अफर भनेको यस चाडपर्वको सिजनमा, हामी हाम्रा ग्राहकहरुले छुट मूल्यहरुमा शाओमी स्मार्टफोनको अनुभव गराउनु हो। टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौँ र यी छुटहरुद्वारा हाम्रो इनोभेटिभ र हाई क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरुका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ’, उनले थपे।

आइतबार, ३१ भदौ २०८०, १० : ३९

प्रतिक्रिया