विभिन्न सहरहरूमा तीज उमङ्गका साथ एनसेलले १८औँ वार्षिकोत्सव सम्पन्न

बुधबार, ०३ असोज २०८०, ०८ : ३१

एनसेल आजियाटा लिमिटेडले तीज कार्यक्रम कम्पनीको १८ औँ वार्षिकोत्सवको ‘हामी तपाईँकै लागि’ भन्ने थिमका साथ  विभिन्न सहरहरूमा साङ्गीतिक कार्यक्रमको आयोजना गरी ठुलो उत्साह र उमङ्गका साथ स्थानीय समुदायसँगै हरितालिका तीज पर्व मनाएको छ ।

जनसेलको वार्षिकोत्सव र तीज अवसरमा सोमबार जनसेलले विभिन्न चार सहरहरू सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो । तीज हिन्दु महिलाहरूले उत्साहका साथ मनाउने विशेष पर्व हो । एनसेल विशेष अवसरका खुसीहरूलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको छ । 

ग्राहकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै जनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो । स्टलबाट ग्राहकले जनसेलको सिम कार्ड, रिचार्ज कार्ड तथा अन्य सेवा, सुविधाहरू लिन सक्ने व्यवस्था रहेको थियो ।

जनसेलले आइतबार आफ्नो सेवा सञ्चालनको १८ औँ वार्षिकोत्सव मनाएको हो । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्व स्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ ।

Teej Photos (1)

बुधबार, ०३ असोज २०८०, ०८ : ३१

प्रतिक्रिया