नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको नक्सालस्थित नारायण चौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायताका नेता कार्यकर्ताहरूले सेल्फी खिचाएका छन् । कार्यक्रममा राष्ट्रिय झन्डाको अलावा लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ । कार्यक्रमलाई ‘असोज तीनको मर्निङ वाक(सेल्फी वीथ नेशनल फ्ल्याग’ भनिएको थियो ।





प्रतिक्रिया