बस सेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बस सेवा ट्राभल्स र रिकुटे न भाइवरबिच एक कार्यक्रमका बिच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सम्झौता भएको हो ।
सम्झौता पत्रमा बस सेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र रिकुटे न भाइबरबसका तर्फबाट निर्देशक तोशिहीको ओत्सुकाले हस्ताक्षर गरे । सम्झौतासँगै अबदेखि भाइवरको च्याटबक्स्मार्फत नेपालका कुनैपनि गन्तव्यको बस टिकट काट्न सकिनेछ ।
सम्झौता कार्यक्रममा बस सेवाका प्रमुख कार्यकारी पिआर खनालले भने, ‘हामीले जहिले पनि यात्रुहरूलाई सहज हुने गरी सेवा प्रदान गर्दै आएका छौँ । यात्रुलाई भाइवरबाट पनि टिकट काट्न सकिने सेवाले थप सहजता ल्याउनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
प्रतिक्रिया