फ्यान फेस्टसहित रियलमीले गर्यो दुई नयाँ मोबाइल सार्वजनिक

आइतबार, ०७ असोज २०८०, १८ : ०६

काठमाडौँ - स्मार्टफोन ब्राण्ड रियलमीले शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ । 

 नेपाली युवा पुस्तामाझ लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

 उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले रियलमी कम्युनिटीको उत्साहजनक सहभागिताले हर्षविभोर भएको बताए । 

आइतबार, ०७ असोज २०८०, १८ : ०६

प्रतिक्रिया