सेकेन्ड ह्यान्ड मोबाइल किनबेच गर्ने ग्राहकलाई सुनौलो अवसर

मंगलबार, ०९ असोज २०८०, १५ : ५८

काठमाडौँ - नयाँ पुरानो इलेक्ट्रो  टेक प्रा। ली। ले सेकेन्ड ह्यान्ड  मोबाइल किनबेच गर्न का लागि नयाँ पुरानो एप्प बजारमा ल्याएको छ। यो एप्प डाउनलोड  गरेर :

Apple Store: https://apps.apple.com/np/app/inspectec/id6447776834

Play Store: https://play.google.com/store/apps/details?id=com.inspectec

 आफूले प्रयोग गर्दै गरेको समार्ट्फोन को मूल्य थाहा पाउन सकिने छ र यदि   एप्पले दिएको मूल्य उचित लाग्छ भने यो कम्पनीले पुरानो मोबाइल तुरुन्तै किन्ने छ। अब आफ्नो घरमा भएका पुराना मोबाइलहरू बेच्न कतै जानु नपर्ने, र कम्पनी घर मै मोबाइल लिन आउने र पैसा पनि बैङ्क खातामा हाली दिने व्यवस्था मिलाएको जानकारी सञ्चालक अभिषेक अग्रवाल आजको अर्थलाई बताएका छन् ।

त्यसै गरी यदि पुरानो मोबाइल किन्नु छ तर भरपर्दो ठाउँ थाहा न हुँदा ग्राहकहरूमा हुन आउने अप्ठ्यारो पनि यस कम्पनीको वेबसाइट https://nayapurano.shop/ ले सहज बनाएको छ।  कम्पनीको वेबसाइटबाट सबै टेस्टहरू भएको, र राम्ररी जाँच गरेको पुराना समार्ट्फोन सजिलै किन्न सकिने  अग्रवालले जानकारी गराका  छन् । 

पुरानो मोबाइल बेच्नु कुनै नयाँ कुरा होइन, तर मोबाइल को मूल्य निर्धारण गर्नु र घरै बसी९बसी बेच्न पाउनु कम्पनीको सेवा को मुख्य उद्देश्य रहेको छ । UBERले थालेको ट्याक्सी सेवाले पनि मानिसले घरै बसी ट्याक्सी बुक गर्न पाउने सहजीकरण दिएको छ। त्यसै गरी यो कम्पनी पनि सहजीकरण मै आधारित रहेको छ ।

अब मोबाइल बेच्न बजारको दसौ पसल घुम्दै सबै भन्दा राम्रो दाम दिने पसल खोज्दै जानु परेन। अन्य उपलब्ध प्लेटफर्महरु मा हुँदै गरेको सयौँ जना सित कुरा पनि गर्नु पर्दैन, र सबै भन्दा बेस चाही तुरुन्तै आफ्नो खातामा पैसा पनि पाउनुहुनेछ। आज को युग मा सबै भन्दा धेरै अभाव नै समय हो र हामी ले मान्छेको समय को महत्त्व बुझेका छौ, भन्दै अग्रवाल ले जानकारी गराए। 

 कम्पनीको उद्देश्य ई९वेष्ट कम गर्नु र मानिसहरूमा यो समस्यालाई बुझ्दै यसको लागि ग्राहकहरूले गर्न सक्ने योगदानलाई ध्यान दिएको र अहिले खरिद९बिक्री हुँदै गरेका पुराना फोनहरुमा, सरकारले गुमाएको राजस्व लाई पनि यस कम्पनी बाट खरिदबिक्री गर्दा सरकारी निकायले पनि भ्याट को एउटा नयाँ श्रोत पाएको  कम्पनीले जनाएको छ ।

 एउटा पुरानो समार्ट्फोन बिक्री हुँदा, एउटा नयाँ फोनको आयात कम गराउने पनि कम्पनी को मान्यता रहेको छ। कम्पनीको वेबसाइट बाट बिक्री हुने फोन को प्रत्येक ग्राहक को नाम मा कम्पनी ले ग्राहक को नाम मै एउटा रूख रोप्ने पनि व्यवस्था मिलाएको छ।  एक जना मानिस ले पनि आफ्नो योगदान दिँदा, एउटा ठुलो समस्याको समाधान मा टेवा पुर्‍याउन सक्ने कम्पनीको धारणा रहेको छ ।  
 
 

मंगलबार, ०९ असोज २०८०, १५ : ५८

प्रतिक्रिया