खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘सेन्ड मनी फर फ्री’ अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत बैङ्क लिङ्क गरेका खल्ती प्रयोगकर्ताले ‘खल्ती फन्ड ट्रान्सफर’ बाट कुनै पनि बैङ्क खातामा बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।
यस सेवा प्रयोग गर्न भने खल्ती प्रयोगकर्ताले आफ्नो बैङ्क खाता खल्तीमा लिङ्क गर्न आवश्यक छ। खाता लिङ्क गरे पश्चात् ‘खल्ती फन्ड ट्रान्सफर’ बाट पैसा पठाउने क्रममा बैङ्क लिङ्क विकल्प छनोट गरी बिना कुनै सर्भिस चार्ज सजिलै पैसा पठाउन सक्नेछन्।
साथै बैङ्क लिङ्क खाता खल्तीमा लिङ्क नगरेका प्रयोगकर्ताले पनि केही विवरण भरि केही समय मै बैङ्क खाता खल्तीमा लिङ्क गर्न सक्नेछन्। यति मात्र नभएर खल्तीमा बैङ्क लिङ्क गरी प्रयोगकर्ताले विभिन्न अफरमा पनि सहभागी हुन सक्नेछन्।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का अनुसार , ‘अहिले दसैँ नजिकिँदै गरेको माहौलमा डिजिटल कारोबारको आवश्यकता र लोकप्रियलाई मध्यनजर गर्दै हामीले हाम्रा प्रयोग कर्ताहरूका लागी ‘सेन्ड मनी फर फ्री’ अफर फेरी पनि उपलब्ध गराएका छौँ । यस सुविधाले प्रयोगकर्ताहरू निर्धक्क रूपमा आवश्यक रकम जुन सुकै बैङ्क खातामा पठाउने कुरामा हामी विश्वस्त छौँ।’
प्रतिक्रिया