खल्तीको दशैं अफरः वर्ल्डलिङ्कका विजेता ग्राहकलाई दुबई भ्रमण अफर

शनिबार, १३ असोज २०८०, ०८ : ४६

‘खल्ती’ ले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ‘दशैं क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ। यस अफर अन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेटको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’गने मौका पाउनेछन्।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्नेछ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीका दरले २४ जोडीले ४ रात ५ दिनकालागि दुबई घुम्ने मौका पाउनेछन् । दुबई भ्रमण अफरमा लाग्ने सम्पूर्ण खर्च भने खल्तीले नै बेहोर्ने व्यवस्था रहेको छ ।

विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन पाउनेछन् । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गरे पश्चात प्रयोगकर्ताले दुई ओटा भौचर पाउनेछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् ।

खल्तीले हरेक हप्ता त्यसै भौचर मध्ये दुई वटा भाग्यमानी बिजेता घोषणा गर्नेछ । ‘खल्ती’का सीईओ विनय खड्का भने, “अहिले चाडपर्वको महोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं साथै आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति आकर्षित गर्न यस्ता क्याम्पियनलाई निरन्तरता दिने कुरामा हामी प्रतिवद्ध छौं ।”

शनिबार, १३ असोज २०८०, ०८ : ४६

प्रतिक्रिया