गाईको गोबरबाट धुपबत्ती बनाउने सुरु, दियो केमिकल रहित हुने

६ महिना अगाडि

कैलालीको टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती  र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ। सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती  बनाउन थालनी गरेको हो ।

धुपबत्ती  र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएका द्वारिकाप्रसाद जोशी र उपेन्द्र न्यौपानेले धुपबत्ती  र दियो बनाउन सुरु गरेका हुन । “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको  सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुने उनीहरूको भनाई छ ।

” यो धुपबत्ती  बजारमा पाइने केमिकल मिसावट धूपभन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ।” गौशालाले सुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री सुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती  र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ। 

गौशालाले यससँगै नम्बर प्लेट, शुभ लाभका चित्र, भगवानका  मूर्ति, प्रमाणपत्रलगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताएका छन् । यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरिरहेका गौशालाले। उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी गरेको छ।”

सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले अहिले सात सय ३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्रीसमेत उत्पादन थालेपछि केही युवाले रोजगारी पाउने बताइएको छ ।

६ महिना अगाडि

प्रतिक्रिया