काठमाडौँ- “सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!” दशैं कन्सूमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरुले ९ वटा टिभीएस १२५ सिसि स्कूटर जितिसकेको खबर घोषणा गर्न सामसङ नेपाल निकै नै रोमाञ्चित छ । सो विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो।
हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाउनु भएको माया र उत्साहलाई प्रशंसागर्दै यो दशैं कन्सूमर प्रमोसन योजना प्रारम्भ गरिएको हो र यसको सुरुवात भएदेखि नै यसले निकै लोकप्रियता प्राप्त गरेकोमा सामसङ नेपालले खुसीयाली जनाएकोे छ । अहिलेसम्म, ९ जना विजेताहरूले नौवटा टिभीएस १२५ सिसि स्कूटर घर लागि आफ्नो जीवनमा आनन्द र उत्साह ल्याएका छन्।
हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ छन् खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए२४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् ।
जेनी भन्छिन्, “म भाग्यशाली विजेता हुनेछु भनेर मैले सोचेकी पनि थिइन। नयाँ १२५ सीसी टिभिएस स्कुटर पाउँदा म एकदमै खुसी छु। वास्तवमा म यो दशैं बेला स्कूटर किन्ने योजनामै थिएँ र अब यस्तो लाग्छ कि भगवानले साँच्चै मेरो इच्छा सुन्नुभयो। म अझै पनि विश्वास गर्न सक्दिन कि मैले सामसङ ग्यालेक्सी ए२४ किनेर स्कूटर जितेको छु। यो अतुलनीय उपहारको लागि म सामसङ नेपालप्रति हार्दिक आभारी छु।” लिला भन्छिन्, “म यो उपहारको लागि सामसङ नेपाललाई हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु र अरूलाई पनि स्कूटर जित्ने मौकाको लागि सामसङ स्मार्टफोन किन्न प्रोत्साहित गर्न चाहन्छु। आजसम्म कहिल्यै म यति भाग्यमानी भएको थिइन । ”
तर उत्साह यहाँ समाप्त हुँदैन! अझै पनि १३ वटा स्कूटर जित्न बाँकी नै छ र तपाईं पनि कुनै पनि सामसङ स्मार्टफोन वा सामसङ ट्याब्लेट खरिद गरी ती स्कूटर जित्ने भाग्यशाली विजेता बन्न सक्नुहुन्छ। जित्ने सम्भावना धेरै छ। केवल १३ वटा स्कूटरहरू बाँकी छन् तर अवसर अझ बढी आकर्षक छ।
यो दशैं कन्सूमर प्रमोसन योजना सुरु भएदेखि नै सामसङले आफ्नो मूल्यवान ग्राहकहरूको अतुलनीय प्रतिक्रिया देखेको छ। बम्पर पुरस्कारले सामसङको पहिले देखि नै भएका ग्राहकहरूका लागि ठुलो प्रोत्साहन मात्र नभई, नयाँ ग्राहकहरूको लागि सामसङका उपकरणहरूद्वारा प्रदान गरिएका नवीन सुविधाहरू र अत्याधुनिक प्रविधिहरूको अनुभव गर्ने मौका पनि रहेको छ।
प्रतिक्रिया