स्मार्टफोन एक्सचेन्ज क्याम्प आयोजना गरिदै

शुक्रबार, २६ असोज २०८०, १५ : ४८

काठमाडौँ - आफ्ना पुराना स्मार्टफोनहरू बिक्री गर्नका लागि सजिलो प्लेटफर्म–नयाँपुरानो  मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँग नवीनतम साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सुबिधा दिने भएको छ।

यही २०८० असोज २३ गतेदेखि तिहारसम्म लागू गरिएको यो एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले नयाँपुरानो एक्सचेन्ज मोबाइल एपमार्फत् आफ्ना पुराना फोनहरू नयाँ आइफोनहरूसँग साट्ने अवसर पाउनेछन्।यो एक्सचेन्ज क्याम्पबाट ग्राहकहरूले आफ्नो पुरानो फोनमा थप रू.३००० सम्मको अधिक मूल्याङ्कन पनि प्राप्त गर्ने व्यवस्था रहेको नयाँपुरानो मोबाइल एपका अभिषेक अग्रवालले बताए।

 यसअघि इभोस्टोरले पुराना आईफोनसँग मात्र नयाँ आईफोनहरु एक्सचेन्ज गर्ने गर्दथ्यो। तर अब भने ग्राहकले आफूसँग भएको जुनसुकै मोबाइलसँग आईफोन एक्सचेन्ज गर्न सक्नेछन्।नयाँपुरानो मोबाइल एप विगत २ वर्षदेखि स्मार्टफोन ग्राहकहरूको व्यापारका लागि भरपर्दो र सहज प्लेटफर्मको रूपमा परिचित छ। आइफोनको रिटेल उद्योगमा भरपर्दो नाम–इभो स्टोरसँगको यो साझेदारीले सीमित-समयसम्म चल्ने यो योजनालाई अझ आकर्षक बनाएको पनि छ।

''इभो स्टोरसँगको यो सहकार्य नयाँपुरानो मोबाइल एपका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा बनेको छ। हामी हाम्रा प्रयोगकर्ताहरूलाई सजिलो र सुविधामुलक योजनाहरू प्रदान गर्नमा विश्वास गर्छौं, र यो योजनामा पनि हामीले थप मूल्याङ्कन गरेर, त्यही सहजता र नवीनता ल्याउने प्रयास गरेका छौं। पुराना स्मार्टफोनलाई आइफोनमा नै एक्सचेन्ज गर्ने सुविधाले हामीले ग्राहकलाई प्रविधिसँग पनि नजिक राख्‍न सक्छौं,'' नयाँपुरानो एपका अभिषेक अग्रवालले भने। 

   App Links for Nayapurano Exchange: Playstore:

https://play.google.com/store/apps/details?id=com.nayapurano&pcampaignid=web_share

App Store:  https://apps.apple.com/np/app/nayapurano-exchange/id6447748902

शुक्रबार, २६ असोज २०८०, १५ : ४८

प्रतिक्रिया