चाडपर्व अफर, टेलिकमको डाटा र भ्वाइस कलमा कम्बो प्याकेज

आइतबार, २८ असोज २०८०, १० : ३०

 दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर ल्याएको छ। यस अन्तर्गत कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको  प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराएको हो। दशैंका  लागि यो अफर भोलि ९२०८० असोज २८० देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। 

अफर अन्तर्गत रु ४९ मा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस  अन लिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस  कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसै गरी रु ९८ मा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीवी डाटा प्याक उपलब्ध हुनेछ भने रु १९९ मा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीवी डाटा प्याक, रु २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीवी डाटा प्याक र रु ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीवी डाटा प्याक उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत रु ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीवी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस  सुविधा र २०० अल  नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड  मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल  चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । 

त्यसै गरी एमपोस  र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रूपमा डाटा प्याकेज उपलब्ध गराइने छ । यस अनुसार रु २०० देखि रु ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीवी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसै गरी रु ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीविका दरले ४ दिन चलाउन सकिने गरी ८ जीवी डाटा उपलब्ध हुनेछ । 

आइतबार, २८ असोज २०८०, १० : ३०

प्रतिक्रिया