सामसङले ल्यायो नेपालमा उत्कृष्ट कनेक्टेड एक्सपिरियन्स

सोमबार, २९ असोज २०८०, ०८ : १९

काठमाडौँ- १७ वर्ष देखि विश्वको नम्बर १ टेलिभिजन ब्राण्डको स्थान कायम राख्न सफल रहेको सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरुको लन्च गरेको छ र यो सिरिजको टिभीहरु यही वर्षको दशैं–तिहारको लागि भनेर नेपालमा आइसकेका छन्। यो नयाँ लाइन–अपको टिभीहरु ४३” देखि ८५” सम्मका विभिन्न साइजमा उपलब्ध छन।

नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा  सामसङको फ्ल्यागशिप फिचरहरु नि जडित छन्, जस्तै सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा। यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ। यसै सँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरु पुनर्नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगको नि प्रगोग गर्दछ। यो जस्तै धेरै अरु सुविधाहरु समेटी सामसङले आफ्नो प्रयोगकर्ताहरूलाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्दछ। यसको साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सब २०२३ टिभीहरुमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ।

“आधुनिक नेपाली उपभोक्ताहरू हामीसँगै विकसित भएका छन्, र उनीहरू आफ्नो लागि अझ राम्रा राम्रा उत्पादनहरू खोजिरहन्छन्। त्यसैले हामी हाम्रा ग्राहकहरूले अनुपम गुणस्तर र उत्कृष्ट अनुभव पाउन सक्ने सबै कुरा ल्याउँछौं। कनेक्टेड एक्सपिरियन्स जुन हामीले हाम्रा ग्राहकहरुका घरमा ल्याउन सक्षम रहेका छौं, जुन हाम्रा ग्राहकहरूले आरामसँग अनुभव गर्ने छन् भनेर हामीले विश्वास गरेको छौं। नयाँ २०२३ टिभीहरूले हाम्रा प्रयोगकर्ताहरूलाई परिष्कृत अनुभव प्रदान गर्न यी सबै ल्याउँदछ”, सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले भने।

नयाँ २०२३ लाईन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। एचदिआर( हाइ डाइनामिक रेन्ज)बाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सक्छन्। ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रीडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउछ।
 

सोमबार, २९ असोज २०८०, ०८ : १९

प्रतिक्रिया