इनड्राइभले प्रदान गर्यो  विजेता श्रेष्ठलाई इभी स्कुटर

सोमबार, २९ असोज २०८०, १६ : ५०

काठमाडौँ - इनड्राइभ वैकल्पिक यातायातको विकासमा सहयोग गर्ने ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो । इनड्राइभले आज आयोजित १५औँ काठमाडौं म्याराथनमा फुल  म्याराथन दौडने विजेता होमनाथ श्रेष्ठलाई इभी स्कुटर उपहार प्रदान गरेको छ।

काठमाडौं म्याराथन, एक प्रतिष्ठित कार्यक्रम जसले नेपालभरका खेलाडीहरू र उत्साहीहरूलाई एकैसाथ ल्याउँछ। यो लगनशीलता, समर्पण र स्वस्थ र दिगो जीवन शैलीको लागि प्रतिबद्धताको मूर्त रूप हो। एनआरएस स्पोर्ट्स फाउण्डेशनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख फिक्स्चर हो। यस वर्ष, इनड्राइभले यस प्रतिष्ठित कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्टस फाउन्डेसनसँग हातेमालो गरेको थियो।

म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै, इनड्राइभले ८ सहरहरूमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गर्यो र ६०० सहभागीहरूलाई आकर्षित गर्‍यो जसले तीन महिनासम्म सँगै तालिम लिएका थिए। यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिन इनड्राइभको योगदान कायम राखको छ। यसका साथै युवा तथा शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रमोट गर्न इनड्राइभले काठमाडौं म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएर सहयोग गरेको थियो । यो पहल, इनड्राइभको सामुदायिक सशक्तिकरण प्रयासहरूको एक हिस्सा हो।

यो कार्यक्रम स्वास्थ्य र स्वस्थतालाई सहयोग गर्ने हाम्रो कम्पनीको मूल्यहरूसँग पूर्णरूपमा मेल खान्छ। हामी एकता र सामुदायिक भावनालाई बढावा दिनमा विश्वास गर्छौं, र म्याराथन यसका लागि उत्कृष्ट प्लेटफर्म हो।किप फिट सर्किट तालिम आगामी ३१ अक्टोबरसम्म काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपुर, थिमी, पोखरा, हेटौंडा र बुटवलमा सञ्चालन रहने छ । 

सोमबार, २९ असोज २०८०, १६ : ५०

प्रतिक्रिया