रियलमीको ‘दशैं तिहार उमङ्गः उपहारले सबै दङ्ग’ क्याम्पेन

मंगलबार, ३० असोज २०८०, ०९ : ०८

सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले  नेपालीहरूको महान् चाड विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा ‘दसैँ तिहार उमङ्ग: उपहारले सबै दङ्ग’ योजना ल्याएको छ ।
यही असोज २८ देखि कार्तिक २९ सम्म लागू हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन ९७ केजी अटो०, स्कुटर र रियलमी  जी टी२ प्रो जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।रियलमी  नेपालका कन्ट्री हेड मुनिष  गिरीले भने ‘नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दसैँ तिहार उमङ्ग: उपहारले सबै दङ्ग’ क्याम्पे न ल्याएका छौँ ।

रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाउनुभएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरू सम्पूर्णमा हामी रियलमीको  तर्फबाट विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

यस क्याम्पे न अन्तर्गत ग्राहकहरूले दैनिक रूपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी प्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन् भने साप्ताहिक रूपमा नार्जो एन ५३ (६ जीवी १२८ जीवी)  जित्न सक्नेछन् ।

realme Dashain Tihar Umanga Upahar le Sabai Danga PR NEP_page-0001

मंगलबार, ३० असोज २०८०, ०९ : ०८

प्रतिक्रिया