विराटनगरमा पहिलो केएफसी र पिज्जा हट सञ्चालनमा

६ महिना अगाडि

काठमाडौँ -  केएफसी र पिज्जा हट, खान पिनको क्षेत्रमा सबैभन्दा लोकप्रिय दुई नामहरू, विराटनगरमा आफ्नो नयाँ रेस्टुरेन्टको उद्घाटन गर्दैछन् । देवयानी इन्टरनेशनल नेपाल प्रा. लिमिटेड नेपालमा यी रेस्टुरेन्टहरूको लागि इजाजतपत्र प्राप्त फ्रान्चाइजी हो । यो विराटनगरको पहिलो केएफसी र नेपालमै १७ औँ हुनेछ । त्यसैगरी प्रदेश १ मा यो पहिलो पिज्जा हट र समग्र नेपालमा पाँचौं हुनेछ । विराटनगरमा यो स्थल पिज्जा र चिकेन् प्रेमीहरूको लागि परम गन्तव्य बन्न तयार छ ।

विराटनगरको मुटुमा रहेको द सेन्चुरियन मलमा अवस्थित यी नयाँ रेस्टुरेन्टहरूले स्वाद र भोजनको अनुभवलाई अझ यादगर बनाउने वाचा गरेका छन् । हट एण्ड क्रिस्पी चिकनदेखि लिएर स्वादिष्ट चिकन पपकर्न, चिकेन स्ट्रिप्स, र सधैं लोकप्रिय जिङ्गर बर्गरसम्म सबै केएफसी आइटम उपलब्ध हुनेछ ।  

यसैबीच, नेपालको सबैभन्दा प्रिय र भरपर्दो पिज्जा ब्रान्ड पिज्जा हटले विभिन्न प्रकारका टपिङहरू, स्वादिष्ट पास्ता व्यंजनहरू र एपेटाइजरहरूका साथ आफ्नो प्रसिद्ध पिज्जाहरू उपलब्ध गराउनेछ । पिज्जा प्रेमिहरूको लागि आफ्नो पिज्जा स्वादअनुसार अनुकुलन गर्ने विकल्प पनि छ । 
यो भव्य उद्घाटनले उत्साह, स्वादिष्ट खाना, र स्थानीय समुदायसँग यो उपलब्धि मनाउने अवसरले भरिएको वातावरणको वाचा गर्दछ । यस अवसरमा विशेष अफर र प्रमोशनहरूपनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

विराटनगरमा रहेको केएफसी र पिज्जा हट रेस्टुरेन्टले ग्राहकहरूलाई भोजन गर्न स्वच्छता र सुरक्षाको उच्चतम मापदण्ड कायम गर्ने बाचा गरेको छ  । विराटनगरमा केएफसी र पिज्जा हटको यो भव्य उद्घाटनलाई नछुटाउन अन्रोध गरेको छ ।  

केएफसी स्टोर बिहान १० बजे देखि १० बजे सम्म खुल्ला हुन्छ, १५३४ स्क्वायर फीट कभर गर्छ र ४५ जना मान्छे समायोजन गर्दछ र पिज्जा हट रेस्टुरेन्ट उही समयमा खुल्छ, १२५० स्क्वायर फिट कभर गर्छ, र ५७ जनालाई समायोजन गर्दछ।

 

६ महिना अगाडि

प्रतिक्रिया