एनसेलले ३५ सयभन्दा बढी ग्राहकलाई दियो १०० रुपैयाँ बोनस ब्यालेन्स

शुक्रबार, ०३ कार्तिक २०८०, १५ : ४५

काठमाडौँ - एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३ हजार ५०० भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ ।कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सञ्चालनमा रहेको  योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो ।
 
गत भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए ।
 
विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्। साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त थियो ।कम्पनीले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्ने बताएको छ ।यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एकर एक थान स्कुटर जित्नेछन् । 

शुक्रबार, ०३ कार्तिक २०८०, १५ : ४५

प्रतिक्रिया