ब्रदरले सुरु गर्‍यो काठमाडौंको कलंकीमा नयाँ शोरुम

विहीबार, १६ कार्तिक २०८०, २१ : २१

काठमाडौं- प्रिन्टिङ, फोटोकपी तथा स्क्यानिङ टेक्नोलोजिको चर्चित ब्राण्ड, ब्रदरले काठमाडौंको कलंकीमा नयाँ शो रुम सुरु गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलनमा १ सय १५ वर्षदेखिको जापनिज ब्राण्डको नयाँ शो रुमको सुरुवात गरेको हो । ब्रदरको नेपालमा सागर गु्रपले विगत १५ वर्षदेखि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएको छ ।

अनुभव केन्द्रको नाम दिइएको शोरुम उद्घाटनका लागि ब्रदर इन्टरनेशनलका गल्फ क्षेत्रका प्रबन्ध निर्देशक केनोसुके हिरानो नेपाल आएका थिए ।

पत्रकार सम्मेलनमा ब्रदरका मेना क्षेत्रका मार्केटिङ निर्देशक अमित अलीले मुद्रण, सिलाई, र स्क्यानिङ क्षेत्रका आमुल परिवर्तनको अुनभूति दिलाउन सक्ने अपेक्षा गरिएको बताए ।

आफू यो व्यवसायको विस्तारको लागि नेपाल आउँदाको क्षण सम्झिदैँ उनले सुरुवाती दिनहरु कठिन भएपनि अब भने यो कम्पनी लोकप्रिय बन्दै गउको बताए ।उनले नयाँ एक्पेरियन्स सेन्टर सुरु गर्न पाउँदा खुसी लागेको बताए । पहिलो पटक नेपालमा सन् २००९ मा नेपाल आएर व्यापार सुरु गरेको ब्रदर अहिले मुलुकको सबैभन्दा राम्रो कम्पनी मध्ये एक भएको उनको भनाई छ ।



 




 

 

 

 

विहीबार, १६ कार्तिक २०८०, २१ : २१

प्रतिक्रिया