भूकम्पबारे के भन्छन् जाजरकोट पुगेको राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका टोली ?

आइतबार, १९ कार्तिक २०८०, ०८ : १८

शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाइर गएको भूकम्पले यति बेला प्रभावित क्षेत्र जाजरकोट र र रुकुम पश्चिम शोकमा डुबेको छ । रातीको समयमा गएको भूकम्पले दुई जिल्ला तहसनहस  बनेको छ । 

उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १५७ व्यक्तिको निधन भइसकेको छ। भूकम्पबाट २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। भने भौतिक क्षति नगन्ने मात्रामा भएको छ । उक्त भूकम्पले पुर्‍याएको क्षति र भूकम्पको विषयमा जानकारी दिन यति बेला राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर, काठमाडौँको टोली जाजरकोट पुगेको छ। 

शुक्रवार राति जाजरकोट केन्द्र बनाएर गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न केन्द्रको टोली त्यहाँ पुगेको हो। केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोक विजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिवार जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए। 

‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ,’। खानी तथा भूकम्प विभागका महानिर्देशक अधिकारीले अनुसार केन्द्रका वरिष्ठ भूकम्पविद् डा.अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए। पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उनले उल्लेख गरे। 

शुक्रवार राति जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार वटा पराकम्प गइसकेको छ। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ः५, १२ः२९ बजे ४ः२, १२ः३५ बजे ४ः३ र शनिवार दिउँसो ३ः४० बजे ४ः२ रेक्टर स्केलको पराकम्प गएको छ।
 

आइतबार, १९ कार्तिक २०८०, ०८ : १८

प्रतिक्रिया