नेपाल आयो टीसीएलको क्यूलेड टिभी

बुधबार, २२ कार्तिक २०८०, १६ : ३८

काठमाडौँ- विश्व बजारमा टिभीको अलग ब्राण्ड बनाएको टीसीएलले नेपालमा क्यूलेड टिभी  ल्याएको छ । 

यो टेलिभिजन दुनियाँमा नयाँ विकास भएको पनि टीसीएलले बताएको छ । 

टेलिभिजन संसारमा एक नयाँ प्रविधि उदय भएको पनि उसले बताएको छ । यो टिभी बजारमा पाइने ओलेडको विपरित एलसीडी प्रविधिको आधारमा बनाइन्छ । क्यूलेड टिभीले पिक्सेल उज्यालो बनाउनको लागि एलईडी ब्याकलाइट र कुनै बेला बहुब्याकलाइट प्रयोग गर्छन् ।

उक्त प्रविधिले रङहरु सटिक र स्पष्ट रुपमा रेन्डर गरिएको सुनिश्चित गरी समग्र तस्विरको गुणस्तर बढाउँछ । यसबाहेक  क्यूलेड टिभीहरुमा एलईडी ब्याकलाइटिङले उच्च चमक स्तर प्रदान गर्दछ ।

क्यूलेड टिभीले जीवन्त रङ, उच्च चमक र असाधारण तस्बिर र गुणस्तरको आकर्षक संयोजन प्रदान गर्दै डिस्प्ले टेक्नोलोजीमा महत्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्ने पनि बताइएको छ ।

बुधबार, २२ कार्तिक २०८०, १६ : ३८

प्रतिक्रिया