काठमाडौँ - नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ।उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।चालू आवको उक्त अवधिसम्मा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो गत आवको सोही अवधिको तुलनामा ८.९० प्रतिशतले कम हो। गत आवको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।कम्पनीको बिक्री आम्दानी र वित्तीय आम्दानी घटेसँगै खुद नाफा घटेको देखिएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५.४३ प्रतिशतले घटेको छ भने वित्तीय आम्दानी पनि ७.७८ प्रतिशतले घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ३.५४ प्रतिशतले घटेको छ।
कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष समीक्षा अवधिमा ३।०४ प्रतिशतले बढेर ७८ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ।नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.४० रुपैयाँले घटेर ४५.५ रुपैयाँमा झरेको छ।कम्पनीको प्रतिशेयर नेटवर्थ ५३४.८ छ भने मूल्य आम्दानी अनुपात १८.४७ गुणा रहेको छ।
प्रतिक्रिया