काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा जानकारी गराउन आग्रह गरेको छ । प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ ।
प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ। यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।
सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो टिकटकमाथिको प्रतिबन्दविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् । त्यसको सुनुवाई सोमबार हुँदै छ।
प्रतिक्रिया