Cimex Inc.द्धारा भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप रु. ११ लाख रुपैयाँ प्रदान

मंगलबार, ०५ मंसिर २०८०, १६ : ३२

काठमाडौँ- Cimex Inc. ले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप रु. ११ लाख रुपैयाँ प्रदान गरेको छ ।

नेपालका लागि BYD Auto Industry Co. Ltd. को अधिकृत वितरक Cimex Inc. Pvt. Ltd.  ले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको छ, जस अन्तर्गत हरेक द्यथ्म् म्यउिजष्ल बुक गरेमा १०,००० रुपैयाँ रBYD Dolphin बुक गरेमा २०,००० रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुनेछ। यो योजना मङ्सिर २३ गते सम्म लागु हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको छ । BYD ATTO 3 का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्नुहुन्छ, “अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ ।

कम्पनीले पहिले पनि भूकम्प पीडितहरूको सहयोग गर्नका लागि एघार लाख रुपैयाँको सहयोग सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावित हरुकालागि भनि प्रदान गरेका थियो । सहयोग रकम कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले हस्तान्तरण गरेका थिए । Cimex Inc. Pvt. Ltd. का अध्यक्ष अनिल श्रेष्ठ भन्नुहुन्छ, “यो कठिन समयमा हामी जाजरकोट र रुकुम पुर्वका सहनशील गाउँ समुदायको साथमा छौँ। भूकम्प प्रभावितहरू प्रति संवेदना प्रकट गर्दै पीडितहरुको सहयोगमा योगदान र पुनर्निर्माण प्रक्रियामा समर्थन हामी सबैको जिम्मेवारी हो।”

मंगलबार, ०५ मंसिर २०८०, १६ : ३२

प्रतिक्रिया