काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ(रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिवार बसेको सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ ।
नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ(रिक्साहरू रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातो प्लेटलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो ।
उक्त अवधि मङ्सिर १५ गते समाप्त हुने भए पनि थप सात दिन समय दिएर मङ्सिर २३ गतेदेखि रातो नम्बर प्लेट भएका रिक्सालाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए । “समय त मङ्सिर १५ सम्म मात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ”, नगरप्रमुख विष्टले भनेका छन् ।
अटेर गरी रातो नम्बर प्लेटका इ९रिक्सामा यात्रु बोके त्यस्ता इ–रिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा ‘होल्डिङ’ गरी राखिनेछ । कालो प्लेट नबनाउँदासम्म ती इ९रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगन्ज उपमहानगरपालिका राजस्व शाखा प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारीसाधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकबाट त्रिवेणी मोडसम्म चार पाङ्ग्रे सवारीसाधन जान नदिने निर्णय गरिएको छ । यसै गरी गणेशमान चोकबाट चार वाहिनी चोकतर्फको सडकलाई पनि वान–वे बनाउने निर्णय गरिएको छ।
प्रतिक्रिया