आज अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा, अन्य देशको दर भाउ कति ?

आइतबार, १० मंसिर २०८०, ०७ : ५४

काठमाडौँ । आइतबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ। नेपाली र भारतीय मुद्रा भाउ र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो ।

आज अमेरिकी डलरको बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । यसअघि मङ्सिर ६ गते अमेरिकी डलरको बिक्री दर १३३.६८ रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड आइतबार तोडिएको छ । आज अमेरिकी डलरको खरिद दर भने १३३.१० रुपैयाँ तोकिएको छ ।

यस्तै नेपाल राष्ट्र बैंकले १ युरोको खरिद दर आज १४५.२५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.९१ रुपैयाँ छ । त्यस्तै नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ १५ पैसा र बिक्री दर १६७ रुपैयाँ ९० पैसा रहेको छ ।

                                                                           विस्तृतमा हेर्नुहोस्  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 145.25 145.91
GBP  (UK Pound Sterling) 1 167.15 167.90
CHF  (Swiss Franc) 1 150.67 151.35
AUD  (Australian Dollar) 1 87.42 87.81
CAD  (Canadian Dollar) 1 97.23 97.67
SGD  (Singapore Dollar) 1 99.26 99.71
JPY  (Japanese Yen) 10 8.90 8.94
CNY  (Chinese Yuan) 1 18.61 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.51 36.68
THB  (Thai Baht) 1 3.75 3.77
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.41 28.54
KRW  (South Korean Won) 100 10.19 10.24
SEK  (Swedish Kroner) 1 12.71 12.76
DKK  (Danish Kroner) 1 19.48 19.57
HKD  (Hong Kong Dollar) 1 17.08 17.15
KWD  (Kuwaity Dinar) 1 431.69 433.64
BHD  (Bahrain Dinar) 1 353.08 354.67
आइतबार, १० मंसिर २०८०, ०७ : ५४

प्रतिक्रिया