द्रुत बस सेवा आजदेखि पुन सुरु हुँदै , ११ वटा बस थपिए

आइतबार, १० मंसिर २०८०, ०८ : ०६

काठमाडौँ ।  रत्नपार्क–सूर्य विनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आउने भएको छ। त्यसका लागि सडक पुनः रङ रोगन गर्न लागिएको छ। 

ठाउँ ठाउँमा बोर्ड राखिएका छन्। यस सेवाका लागि ११ वटा बस थपिएको यातायात व्यवस्था विभागले जनाएको छ। काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ। 

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चार दोबाटो, सूर्य विनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ।

त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ। रत्नपार्कदेखि सूर्य विनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। द्रुत बस सेवा सञ्चालनपछि सो दूरीको यात्रा करिब ४५ मिनेटको हुनेछ। 

 

 

आइतबार, १० मंसिर २०८०, ०८ : ०६

प्रतिक्रिया