वायुसेवा निगमको सफलता: एक वर्षमा ३७ सय पटक अन्तर्राष्ट्रिय उडान

विहीबार, १४ मंसिर २०८०, ०८ : ०९

काठमाडौं ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो एक वर्षमा ३७ सय ६८ पटक अन्तर्राष्ट्रिय उडान गरेको छ । निगमले गत आर्थिक वर्ष २०७९र८० मा ३७ सय ६८ वटा अन्तर्राष्ट्रिय उडान गरेर ६ लाख २९ हजार १४७ सङ्ख्यालाई सेवा दिएको वायुसेवा निगमले जनाएको छ ।

 यस्तो यात्रु सेवा दिएबापत निगमले गत वर्षको बजार हिस्सा १६.५६ प्रतिशत रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । यो अवधिमा निगमको औसत सिट फ्याक्टर ८१ प्रतिशत रहेको छ। नेपाल वायुसेवा निगमको बजार उपस्थिति सन् २०१९ बाट २०२० मा १८ प्रतिशतबाट बढेर २५ प्रतिशत पुगेको पनि निगमको भनाइ छ ।

निगमको पूर्ववत् सन् २०२० मा तथ्यांकन भएको बजार हिस्सामा २०२१ मा तुलनात्मक रूपमा कमी देखिए पनि निगमको उडान सङ्ख्या तथा निगमबाट यात्रा गर्ने यात्रु सङ्ख्यामा भने सन् २०२०, २०२१ बाट २०२२ मा दोब्बर भन्दा बढीले वृद्धि भएको छ र २०२३ को अन्त्यसम्ममा उक्त आँकडामा थप वृद्धि हुने दाबी निगमको छ ।

विहीबार, १४ मंसिर २०८०, ०८ : ०९

प्रतिक्रिया