१६ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंक,आजै बोलकबोल गरिँदै

सोमबार, १८ मंसिर २०८०, ०८ : ४९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। मङ्गलवार (मङ्सिर १९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज आज दिउँसो २ बजे बोलकबोल हुनेछ।

केन्द्रीय बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी फागुन २२ गते परिपक्व हुनेछ। साथै, १८२ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। 

यो ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । 

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

सोमबार, १८ मंसिर २०८०, ०८ : ४९

प्रतिक्रिया