ताजा समाचार

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

विहीबार, २१ मंसिर २०८०, ०७ : ३५

काठमाडौं । मंसिर २१ गते, बिहीबार, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । 

लघुवित्तले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर २२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस ४ गते विहान ११ बजे २२ औ साधारणसभा बोलाएको छ। सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।त्यसमध्यमा १२.३५९९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६५०५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।
 

विहीबार, २१ मंसिर २०८०, ०७ : ३५

प्रतिक्रिया