ताजा समाचार

बैंकका कर्मचारी आक्रमणप्रति आपत्ति

विहीबार, २१ मंसिर २०८०, ०८ : १८

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका छाता संस्थाहरुले बैंक र बैंकमा आवद्ध  कर्मचारीमाथि भएको आक्रमणप्रति आपत्ति जनाएका छन्। 

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले मंगलबार झापाको बिर्तामोडमा एक बैंकका कर्मचारीमाथि भएको धरपकडको निन्दा गरेका हुन्।

उनीहरुले घट्नामा संलग्न दोषीहरुलाई कारवाहीको माग गरेका छन् । साथै, यी संस्थाले पछिल्लो समय केही व्यक्ति र समूहहरुले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र आक्रमणको निन्दा गरेका छन्।  

विज्ञप्तिमा भनिएको छ, ‘झापा बिर्तामोडस्थित एक वाणिज्य बैंकको शाखामा कार्यरत कर्मचारीमाथि भएको धरपकडप्रति हाम्रो घोर आपत्ति रहेको र घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दछौं ।’ ग्राहकहरुलाई सेवा–सुविधा प्रदान गर्न भूकम्प, कोभिड, लगायत विषम परिस्थितीमा समेत अग्रपंक्तिमा खटिएर काम गर्ने कर्मचारीहरु माथि भएको दुर्व्यवहार निन्दनीय भएको जनाएको छ ।
 

विहीबार, २१ मंसिर २०८०, ०८ : १८

प्रतिक्रिया