साझा यातायातको प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान, योग्यता कति ?

सोमबार, २५ मंसिर २०८०, ०७ : ४२

काठमाडौँ । साझा यातायात सहकारीले प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ। 

सहकारीले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। दरखास्त आवेदन दिनका लागि कम्तीमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सार्वजनिक वा संघसंस्थामा दशौं तह वा सरहको श्रेणीमा काम गरिसकेको हुनुपर्नेछ । 

सहकारी वा सार्वजनिक प्रशासन वा यातायात व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको तथा ३५ वर्ष उमेर पुरा भई ५८ वर्ष ननाघेकाले आवेदन दिन सक्ने साझा यातायातले जनाएको छ । 

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले सूचना प्रकाशित मिति ९मङ्सिर २५ गते० ले ३५ दिनभित्र तोकिएको कागजातसहित यातायातको प्रधान कार्यालय पुलचोक ललितपुरमा रीतपूर्वक आवेदन दिन सक्नेछन् ।

सोमबार, २५ मंसिर २०८०, ०७ : ४२

प्रतिक्रिया