एनएमबि बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटायो

सोमबार, २५ मंसिर २०८०, ०८ : ०८

काठमाडौँ ।  एनएमबि बैंकले ब्याजदर घटाएको छ। बैंकले आजै (मङ्सिर २५ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो। बैंकले जारी गरेको नयाँ ब्याजदर अनुसार बैंकले पुस महिनामा मुद्दती निक्षेपमा अधिकतममा ९ प्रतिशत ब्याजदर दिनेछ। 

बैंकले १० वर्ष माथिको मुद्दती निक्षेपमा सो ब्याजदर तोकेको हो । त्यस्तै, बैंकले ३ देखि ६ महिनाको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको छ। यस बैंकले मङ्सिर १ गतेबाट अधिकतममा ९.५० प्रतिशत ब्याजदर कायम गरेको थियो।

                                                                    विस्तृतमा हेर्नुहोस् 

nmb bank

सोमबार, २५ मंसिर २०८०, ०८ : ०८

प्रतिक्रिया