ताजा समाचार

अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, नेपाली मुद्रामा दिनहुँ गिरावट

विहीबार, २८ मंसिर २०८०, ०७ : ३५

काडमाडौं । बिहीबार अमेरिकी डलरको भाउले रेकर्ड कायम गरेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ ।

जुन हालसम्म कै उच्च हो । यसअघि मंसिर १५ गते डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन प्रति दिन थप कमजोर हुँदै गएको छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा पुग्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरो १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा तोकिएको छ । बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै बिहीबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.15 133.75
EUR  (European Euro) 1 143.52 144.16
GBP  (UK Pound Sterling) 1 166.74 167.50
CHF  (Swiss Franc) 1 152.02 152.70
AUD  (Australian Dollar) 1 87.25 87.65
CAD  (Canadian Dollar) 1 97.98 98.43
SGD  (Singapore Dollar) 1 99.08 99.53
JPY  (Japanese Yen) 10 9.14 9.18
CNY  (Chinese Yuan) 1 18.55 18.63
SAR  (Saudi Arabian Riyal) 1 35.50 35.66
QAR  (Qatari Riyal) 1 36.51 36.67
THB  (Thai Baht) 1 3.72 3.74
AED  (UAE Dirham) 1 36.26 36.42
MYR  (Malaysian Ringgit) 1 28.29 28.42
KRW  (South Korean Won) 100 10.09 10.14
SEK  (Swedish Kroner) 1 12.73 12.79
DKK  (Danish Kroner) 1 19.25 19.33
HKD  (Hong Kong Dollar) 1 17.04 17.12
KWD  (Kuwaity Dinar) 1 431.87 433.82
BHD  (Bahrain Dinar) 1 353.20 354.79
विहीबार, २८ मंसिर २०८०, ०७ : ३५

प्रतिक्रिया