ताजा समाचार

महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर , कुन कुन बैंकले घटाए त ?

विहीबार, २८ मंसिर २०८०, ०८ : ५८

काठमाडौँ । वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाइरहेको बेला विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्।

गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएसँगै महालक्ष्मी विकास बैंकले पनि आफनो ब्याजदर घटाएको हो । बैंकले आज मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले यसअघि साधारण बचत खातामा न्यूनतम ४ दशमलव ४० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ४० प्रतिशतसम्म ब्याजदर कयाम गर्दै आएकोमा अब साधारण बचत खातामा न्यूततम ४ दशमलव ३० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै, बैंकले कल डिपोजिटमा २ दशमलव १५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ्ग अकाउन्टमा ३ दशमलव २८ प्रतिशत ब्याजदर कायम गरेको हो । बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९ दशमलव ३० तथा संस्थागत तर्फ ७ दशमलव ३० र रेमिट्यान्स मुद्दतीमा १० दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

विहीबार, २८ मंसिर २०८०, ०८ : ५८

प्रतिक्रिया