काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मर्जर/ एफपीओको कर बापत ११ अर्बभन्दा बढी रकम बुझाएका छन् । बिहीबार सर्वोच्च अदालतले बैंक तथा बीमा कम्पनीले एफपीओको प्रिमियम र मर्जर तथा प्राप्तिबाट भएको आम्दानीमा कर तिर्नु पर्ने फैसला गरेको थियो ।
सोही अनुसार नबिल बैंकले १ अर्ब ६२ करोड, नेपाल लाइफ इन्स्योरेन्स एक्लैले १ अर्ब ३ करोड बुझाएको छ । अन्य बैंक तथा बित्तिय संस्थाले तिरेको बिस्तृत विवरण आइपुगेको छैन् । आजसम्म कर वापतको रकम बुझाइसक्नु पर्ने छ ।
आम्दानी करले बैंक तथा बीमा कम्पनीलाई करिव १३ अर्ब जति दायित्व थपिएको अनुमान गरिएको छ । कार्यालय स्रोतका अनुसार करिब ३० वटा करदाताले राजस्ववापत कर बुझाएका छन्। आज शनिबार पनि कर कार्यालय खुला गरिने भएको छ। कर मंसिर महिनाभित्र नतिरे त्यसमा जरिवाना र ब्याज लाग्छ। सर्वोच्च अदालतबाट मर्जर तथा एफपीओ सम्बन्धित मुद्दा हारेका बैंक तथा वित्तीय संस्थाले कर तिर्न थालेका हुन्।
आर्थिक ऐनमा भएको व्यवस्था बदर गर्न माग गर्दै बैंक तथा बीमाहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलाशले खारेज गरेको थियो । बैंक तथा बीम कम्पनीले प्रिमियमबापतको रकमलाई आय मानेर ३० प्रतिशत र अन्य संस्थाले २५ प्रतिशत कर तिर्नुपर्छ।
प्रतिक्रिया