ताजा समाचार

पुस महिनाका लागि विकास बैंकहरुले घटाए ब्याजदर, कुन बैंकले कति घटाए ?

आइतबार, ०१ पुस २०८०, ०७ : ५४

काठमाडौं : बैंकहरुले पछिल्लो दुईहप्तादेखि आफ्नो व्याजदर घटाएका छन् । सोही क्रममा वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि पुस महिनाको लागि ब्याजदर घटाएका छन्।

विकास बैंकहरुले पुस महिनाको लागि अधिकतम ब्याजदर ९.२५५ निर्धारण गरेका छन् । मंसिर महिनामा अधिकांश विकास बैंकहरुले अधिकतम ब्याजदर ९.४०५ निर्धारण गरेका थिए ।मंसिर महिनामा महिना १०.६०५ ब्याजदर निर्धारण भएको बैंकले पनि यो महिनादेखि मुद्दति निक्षेपमा ९.२५५ नै ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, कामना सेवा विकास बैंकले मंसिर महिनामा १ वर्षभन्दा बढी अवधिको लागि भनेर सबैभन्दा धेरै ९.४०५ ब्याजदर निर्धारण गरेको थियो । तथापि, पुसको लागि जारी गरेको सूचनामा ५ वर्षभन्दा माथिको लागि भनेर ९.६०५ ब्याजदर निर्धारण गरेको छ ।

bank byajdar

आइतबार, ०१ पुस २०८०, ०७ : ५४

प्रतिक्रिया