ताजा समाचार

चार महिनाको अवधिमा फाइनान्स कम्पनीहरूको घाटा ५० अर्ब माथि

मंगलबार, ०३ पुस २०८०, ०७ : ११

काठमाडौं :  चार महिनामा फाइनान्स कम्पनीहरुले करिब आधा अर्ब घाटा बेहोरेका छन् । 

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार  चार महिनामा कुल १७ मध्ये ९ वटा फाइनान्स कम्पनीले घाटामा बेहोरेका छन् । उनीहरुको खुद घाटा ४६ करोड ६६ लाख रहेको छ । 

त्यसमध्येमा सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाइनान्सको रहेको छ। जसले यो अवधिमा १० करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यसैगरी समृद्धि फाइनान्सलाई ९ करोड ३९ लाख र क्यापिटल मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ६ करोड ३२ लाख रुपैयाँ खुद घाटामा रहेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गुवेश्वरी मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ५ करोड ३१ लाख, पोखरा फाइनान्सलाई ५ करोड १८ लाख र गुडविल फाइनान्सलाई ३ करोड ९७ लाख रुपैयाँ खुद घाटामा रहेका छन् ।

यस अवधिसम्ममा ८ वटा फाइनान्स कम्पनीहरुले खुद नाफा आर्जन गरेका छन् । यस्तो नाफा आर्जन गर्नेको शिर्ष स्थानमा मन्जुश्री फाइनान्स रहेको छ । जसले यो ४ महिनामा ११ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ । 

finaces

मंगलबार, ०३ पुस २०८०, ०७ : ११

प्रतिक्रिया