ताजा समाचार

हिमालयन लघुवित्तले डाक्यो साधारण सभा बुक क्लोज कहिले ?

मंगलबार, ०३ पुस २०८०, ०९ : ३३

काठमाडौं । हिमालयन लघुवित्तले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । 

यस पटक कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव उल्लेख गरेको छैन । यस कम्पनीको सभाले सर्वसाधारण शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको नियुक्ती गर्ने भएको छ ।

 सभामा गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाहमा छलफल तथा पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा पारिश्रकिम तोक्ने लगायतका एजेण्डा प्रस्तुत गरिने भएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ । यसको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

मंगलबार, ०३ पुस २०८०, ०९ : ३३

प्रतिक्रिया