काठमाडौं। कृषि विकास बैंक लिमिटेडले आन्तरिक तथा खुला समावेशीतर्फको लिखित परीक्षाको मिति, समय र स्थान किटान गरेको छ ।
बुधबार बिहान एक सार्वजनिक सूचनामार्फत कृषि विकास बैंक जनशक्ति व्यवस्थापन विभाग, मुख्य कार्यालय रामशाहपथले पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक प्रतिष्पर्धा, खुला तथा समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
सूचनामा विज्ञापन नम्बर, किसिम, पद सेवा समूह, तह एवं लिखित परीक्षाको मिति एवं समय उम्मेदवार संख्या, परीक्षा केन्द्र र रोलनम्बरसहित उल्लेख गरिएको छ । परीक्षार्थीले ध्यान दिनुपर्ने थप विषयहरु बैंकको वेबसाइटमा राखिएको पदपूर्ति समितिले सोही सूचना मार्फत जनाएको छ ।

प्रतिक्रिया