ताजा समाचार

लाभांश प्रस्तावसहित लक्ष्मी सनराइज बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

विहीबार, ०५ पुस २०८०, १० : १७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २६ गते बिहीबार दिउँसो २ बजे , अग्रवाल भवन, कमलपोखरी, काठमाडौमा २३औँ वार्षिक साधारण सभा बोलाएको हो। 

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बिहीबार बुकक्लोज गर्ने भएको छ। 

विहीबार, ०५ पुस २०८०, १० : १७

प्रतिक्रिया