ताजा समाचार

सर्वसाधारणका लागि प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा , कहाँ दिने आवेदन ?

आइतबार, ०८ पुस २०८०, ०९ : ३७

काठमाडौं । प्रभु बैंकले १७ लाख ७१ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

 बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकको उक्त सेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन सक्ने बैंकले सूचना मार्फत जनाएको छ।

बैंकले उक्त सेयर खरिदको लागि पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले आम सर्वसाधारणका लागी आवेदन खुलाइएको हो । 

उक्त कित्ता सेयर खरिदका लागि आज पुस ८ गतेदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा आवेदन दिनु पर्ने छ।

आइतबार, ०८ पुस २०८०, ०९ : ३७

प्रतिक्रिया